प्रक्षेपणलगत्तै विस्फोट भयो स्पेसएक्सको हालसम्मकै शक्तिशाली अन्तरिक्ष यान
इलोन मस्कको कम्पनी स्पेस एक्सले परीक्षण प्रक्षेपण गरेको स्टारसिप नामक अन्तरिक्ष यान विस्फोट भएको छ। प्रक्षेपण गरेको केही समयमै यान विस्फोट भएको थियो।
यो हालसम्मकै ठूलो र शक्तिशाली यान हो।
टेक्ससस्थित लन्चप्याडबाट भने यो यान सफलतापूर्वक उडेको थियो। तर, योजनाअनुसार दुई खण्ड विच्छेद भने हुन सकेन।
स्टारसिपमा ३३ इन्जिन थिए।
यद्यपि, स्पेसएक्सले यसलाई असफल परीक्षण मान्न अस्वीकार गरेको छ।
— Chris Bergin - NSF (@NASASpaceflight) April 20, 2023They've lost it, going for a spin, but hey, got away from the pad and had some great first stage!https://t.co/npUj2AHByW pic.twitter.com/KbvlbhjYR9
यान विस्फोट भइसकेपछि पनि स्पेस एक्सको मुख्यालयमा खुसीको माहौल थियो।
मस्कले केही महिनामा अर्को परीक्षण गरिने बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया