प्रविधि


अर्बपति मस्कले तिरेनन् भाडा, घरधनीले हाले मुद्दा

अर्बपति मस्कले तिरेनन् भाडा, घरधनीले हाले मुद्दा

नेपालखबर
पुस १७ , काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्कको ट्वीटर कम्पनीविरुद्ध घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ।

अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो। ब्लूमवर्गका अनुसार ट्वीटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न बाँकी छ। यसअघि विश्वभरका ट्वीटर कार्यालयले पनि भाडा तिर्न नसकेको समाचार आएको थियो। 

ट्वीटर कार्यालय भएका भवनका घरधनी कोलम्बिया रेइटले सन्फ्रान्सिस्कोस्थित अदालतमा मुद्दा दायर गर्दै भाडा नतिरेपछि डिसेम्बर १६ मा पाँच दिनभित्र भवन खाली गर्न गरेको आग्रह पनि ट्वीटरले अस्वीकार गरेको उल्लेख गरेका छन्। 

यस विषयमा ट्वीटरले भने कुनै पनि आधिकारिक वक्तव्य भने जारी गरेको छैन। कम्पनीमाथि चार्टर्ड उडानको पनि पैसा नतिरेको विषयमा मुद्दा दायर भएको छ।

सन्फ्रान्सिस्कोको वित्तीय क्षेत्रको क्यालिफोर्निया स्ट्रिटमा रहेको हार्टफोर्ड बिल्डिङको ३० औं तलामा ट्वीटरको कार्यालय छ। यद्यपि यो कार्यालय ट्वीटरको मुख्यालय भने होइन। 

पुस १७, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.