ad ad

प्रविधि


ट्वीटरमा जीआइएफ फिचर, चलाउन निकै सजिलो

ट्वीटरमा जीआइएफ फिचर, चलाउन निकै सजिलो

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १२:३१,

जीआइएफ लाइभ फोटो फर्मेट हो। सबैभन्दा पहिले आइफोनमा लाइभ फोटोको सुरुवात भएको थियो।

पछि सबै स्मार्टफोनमा लाइभ फोटोको फिचर प्रदान गर्न थालियो। पहिले ट्वीटरमा जीआइएफ फोटो अपलोड गर्दा स्टिल फोटोको रुपमा पोस्ट हुन्थ्यो। पछि मात्र जीआइएफ फोटो ट्वीटरमा पोस्ट हुन थाल्यो।

जीआइएफ फोटो बनाउँदा अन्य एप्स तथा सफ्टवेरको प्रयोग गर्नु पर्छ। तर ट्वीटरले जीआइएफ फिचर नै प्रदान गरेपछि अब अन्य एप्सको सहयोग लिने झन्झट गर्नु पर्दैन।

हालका लागि यो फिचर आइओएस ट्वीटर एपका लागि मात्र प्रदान गरिएको छ। यसका लागि तपाइँ सिधै क्यामेरा रोलमा गएर लाइभ फोटो अपलोड गर्नुपूर्व त्यसलाई कन्भर्ट जीआइएफमा थिच्नुपर्छ। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .