अब गुगलले गुगल सर्च, युट्युब लगायतका सबै सुविधाहरुमा राजनीतिक विज्ञापन प्रतिबन्ध गर्नेछ।
बीबीसीका अनुसार अबको एक हप्तामै वेलायतमा गुगलको यस योजना लागु हुनेछ। गुगलले विस्तारै विश्वभर राजतीतिक विज्ञापनलाई प्रतिबन्ध गर्नेछ।
राजनीतिक विज्ञापनले निर्वाचनलाई प्रभावित पार्ने भएपछि अमेरिकी कँग्रेसले गुगल, फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाललाई बारम्बार प्रश्न गरिरहेको थियो।
यसै सन्दर्भमा गुगलले यस्तो घोषणा गरेको हो।
ट्वीटरले पनि अब आफूले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध गर्ने विषयमा छलफल गर्ने प्रतिक्रिया जनाएको छ।
प्रतिक्रिया