ad ad

कारोबार


विदेशबाट आयात १० प्रतिशतले घट्यो, व्यापारघाटा ३ खर्ब ७ अर्ब ७८ करोड

विदेशबाट आयात १० प्रतिशतले घट्यो, व्यापारघाटा ३ खर्ब ७ अर्ब ७८ करोड

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ११:९,

आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैकले जनाएको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ।

आर्थिक वर्ष २०७६÷७७ को तीन महिनामा कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्ष २०७६÷७७ को तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई ३ खर्ब ७ अर्ब ७८ करोड रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .