फेसबुकले आफ्ना सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्री सम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गर्दै तीन करोड तीन लाख पोस्टहरु हटाएको बताएको हो।
फेसबुकका अनुसार समाजका लागि हानीकारक उक्त पोस्टहरु हटाउन तीन महिना लागेको थियो। सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्ममा पोस्टहरु हटाइएको थियो।
सो अवधिमा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्रीहरु हटाइएको थियो।
फेसबुकले पहिलो पटक आफ्नो स्वामित्वमा रहेको अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्याङ्क पनि यसमा समावेश गरेको छ। बीबीसी
प्रतिक्रिया