ad ad

प्रविधि


१२ दिनको अन्तरिक्ष यात्रापछि फर्किए जापानका अर्बपति

१२ दिनको अन्तरिक्ष यात्रापछि फर्किए जापानका अर्बपति

नेपालखबर
पुस ६, २०७८ मंगलबार ९:४०, काठमाडौँ

जापानका अर्बपति युसाकु माइजावा १२ दिनको अन्तरिक्ष यात्रापछि सोमबार पृथ्वीमा फर्किएका छन्।

सन् २०२३ मा एलन मस्कको स्पेएक्सबाट चन्द्रमा भ्रमण जाने योजनाअनुसार अभ्यासको लागि उनी १२ दिन अन्तरिक्ष भ्रमणमा गएका हुन्। 

४६ वर्षीय अर्बपति डिसेम्बर ८ मा काजकस्तानबाट अन्तरिक्ष भ्रमणमा गएका थिए। उनीसँग उनका सहयोगी योजो हिरानो र रुसी अन्तरिक्षयात्री एलेक्जेन्डर मिसुर्किन पनि भ्रमणमा गएका थिए।

जापानमा धेरै फलोअर्स रहेका माइजावाले सामाजिक सञ्जालमा आफ्नो अन्तरिक्ष यात्राको अनुभव सेयर गरेका छन्। 

माइजावा सन् २०२३ मा स्पेसएक्सको चन्द्रमा भ्रमणको पहिलो निजी यात्रु बन्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .