ad ad

प्रविधि


रुसको मिसाइलले जोखिममा आईएसएसका ७ वैज्ञानिक

रुसको मिसाइलले जोखिममा आईएसएसका ७ वैज्ञानिक

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार ९:४०, काठमाडौँ

रुसले परीक्षण गरेको एन्टी स्याटेलाइट मिसाइलका कारण अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) का वैज्ञानिक जोखिममा परेका छन्।

रुसले ध्वस्त पारेको स्याटेलाइटका टुक्रा आएर आईएसएसमा क्षति पुर्‍याउन सक्ने जोखिम बढेको हो। यससँगै आईएसएसका वैज्ञानिक क्षतिबाट बच्न क्याप्सुलमा बसेका छन्। 

अमेरिकाले रुसको यो कदमलाई जोखिमपूर्ण र गैरजिम्मेवारीपूर्ण भएको बताएको छ। आईएसएसमा अहिले सातजना वैज्ञानिक छन्। जसमा चार अमेरिकी, एक जर्मनी र दुई रुसी वैज्ञानिक छन्। 

अमेरिकाको विदेश मन्त्रालयका अनुसार रुसले आफ्नो स्याटेलाइट ध्वस्त पार्दा त्यसका करिब १५०० टुक्राहरु अन्तरिक्षमा फैलिएका छन्। यसले सबै मुलुकको लागि जोखिम उत्पन्न गरेको मन्त्रालयले बताएको छ। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले भने अमेरिकी विदेशमन्त्रालयको भनाइको खण्डन गरेको छ।

रोस्कोस्मोसले ध्वस्त पारिएको स्याटेलाइट आईएसएसभन्दा टाढा गइसकेको र आईएसएस सुरक्षित रहेको बताएको छ। 

रुसले सन् १९८२ मा जासुसीको लागि प्रक्षेपण गरेको स्याटेलाइट ध्वस्त पारेको हो। लामो समयदेखि यो स्याटेलाइटले काम गर्न छाडेको थियो।

अमेरिकाले रुसको यो गैरजिम्मेवारी कार्यको लागि आफ्ना सहयोगी मुलुकसँग मिलेर आवश्यक बदम चाल्ने अमेरिकाले बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .