ad ad

प्रविधि


कर बुझाउन मस्कले बेचे १ अर्ब १० करोड डलरको सेयर

कर बुझाउन मस्कले बेचे १ अर्ब १० करोड डलरको सेयर

नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार ७:८, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले टेस्लाको १अर्ब १० करोड डलरको सेयर बेचेका छन्।

यसअघि सामाजिक सञ्जाल ट्वीटरमा उनले टेस्लाको १० प्रतिशत सेयर बेच्ने वा नबेच्ने निर्णयको लागि प्रयोगकर्ताको राय मागेका थिए। जसमा धेरैले सेयर बेच्न सल्लाह दिएका थिए। सोही सल्लाहअनुसार उनले आफ्नो सेयर बिक्रीमा राखेका हुन्। 

अमेरिकामा सेयर बिक्री नगरेपनि भाउ बढेपछि कर तिर्नुपर्ने व्यवस्था ल्याउने तयारी भएसँगै कर तिर्नका लागि मस्कले टेस्लाको सेयर बेचेका हुन्।

टेस्लाको सेयरको भाउ यस वर्ष उल्लेख्यरुपमा बढेकाले पनि अमेरिकामा सेयर बिक्री नगरे पनि भाउ बढेपछि कर तिर्नुपर्ने व्यवस्था ल्याउन लागिएको हो। 

टेस्लाको सेयरसँगै मस्कको व्यक्तिगत सम्पत्ति पनि बढेको छ। उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्। मस्कले सन् २०१६ पछि पहिलोपटक टेस्लाको सेयर बिक्री गरेका हुन्। यसअघि पनि उनले आयकर बुझाउन टेस्लाको सेयर बेचेका थिए। 

तीन खर्ब डलरभन्दा धेरै सम्पत्ति भएका ५० वर्षीय मस्कको ६० प्रतिशत सम्पत्ति टेस्लाको सेयर हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .