चीन सरकारले वास्तविक युद्धको परिस्थिति सामना गर्न आफ्नो विशेष लडाकु विमान जे–१६ डी वास्तविक युद्ध प्रशिक्षणमा पठाएको छ।
ग्लोबल टाइम्सले आइतबार गरेको दाबीअनुसार उक्त लडाकु विमान चीनको जे–२० स्टेल्थ लडाकु विमानसँगै अतवरण गर्नेछ।
चीनका एक सैन्य विज्ञले नाम उल्लेख नगर्ने सर्तमा ग्लोबल टाइम्सलाई भने कि वास्तविक लडाइँ–उन्मुख अभ्यासमा तैनाथ हुनुको अर्थ पीएलए वायुसेनाले विमानलाई बुझेको छ र अब युद्ध जस्तो परिस्थितिका लागि तयारी गरिरहेको छ।
अर्का विज्ञले भने विमान अहिल्यै युद्धका लागि तयार भएन भने पनि छिट्टै हुने बताएका छन्।
ग्लोबल टाइम्सका अनुसार यो विमान इलेक्ट्रोनिक युद्धमा पोख्त छ। इलेक्ट्रोनिक युद्धका लागि आवश्यक उपकरणहरूले सुसज्जित विमानले शत्रुको राडार र प्रारम्भिक चेतावनी विमानलाई आक्रमण गर्न सक्ने बताइएको छ।
Shares
प्रतिक्रिया