ad ad

प्रविधि


आन्तरिक दस्तावेज सुरक्षित राख्न कर्मचारीलाई फेसबुकको निर्देशन

आन्तरिक दस्तावेज सुरक्षित राख्न कर्मचारीलाई फेसबुकको निर्देशन

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार ११:२२, काठमाडौँ

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना कर्मचारीलाई सबै आन्तरिक विवरण र सम्पर्कको विवरण सुरक्षित राख्न निर्देशन दिएको छ।

कानुनी लडाइँमा त्यस्ता विवरण आवश्यक पर्न सक्ने भन्दै फेसबुकले कर्मचारीलाई यस्तो निर्देशन दिएको हो। अहिले विश्वभरका विभिन्न सरकार र नियामकले फेसबुकको सेवाको विषयमा सोधपुछ सुरु गरेसँगै फेसबुकले यस्तो बताएको हो। 

यसअघि फेसबुककी पूर्व कर्मचारीले फेसबुकको आन्तरिक दस्तावेज सार्वजनिक गर्दै फेसबुक प्रयोगकर्ताको सुरक्षाभन्दा पनि नाफातर्फ केन्द्रित हुने गरेको आरोप लगाएकी थिइन्। यससँगै फेसबुकले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएको हो। 

फेसबुकका प्रवक्ताले कानुनी लडाइँका लागि आवश्यक पर्ने भएकाले सबै आन्तरिक विवरण सुरक्षित गरेर राख्न निर्देशन दिएको बताएका छन्। 

पछिल्लो समय फेसबुकले घृणा फैलाउने अभिव्यक्ति र गलत समाचार रोक्न नसकेको प्रतिवेदन सार्वजनिक भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .