प्रविधि


इन्स्टाग्राम अवरुद्ध हुन लाग्दा तुरुन्त जानकारी दिने फिचर

इन्स्टाग्राम अवरुद्ध हुन लाग्दा तुरुन्त जानकारी दिने फिचर

नेपालखबर
असोज २८

आफ्नाे सेवा पटकपटक अवरुद्ध हुन थालेपछि  इन्स्टाग्रामले  यसबारे प्रयोगकर्तालाई तुरुन्तै जानकारी दिने फिचर विकास गरिरहेको छ। 

प्राविधिक गडबडी भएका बेला प्रयोगकर्तालाई न्युजफिडमै जानकारी दिने फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको हो। 

यो फिचर अहिले अमेरिकाका प्रयोगकर्तामा परीक्षण भइरहेको बताइएको छ। परीक्षण सफल भएपछि फिचर अरू प्रयोगकर्तालाई उपलब्ध गराइनेछ।

केही दिनअघि पाँच दिनभित्रै दुईपटक फेसबुकसहित म्यासेन्जर, इन्स्टाग्रामलगायत सेवा अवरुद्ध हुँदा प्रयोगकर्ता मर्कामा परेका थिए। एजेन्सी

यी पनि :

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द

फेसबुक र इन्स्टाग्राममा फेरि गडबडी, कम्पनीले माग्यो माफी

फेसबुककै पूर्वकर्मचारीले गरिन् फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा

असोज २८, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .