ad ad

प्रविधि


विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द

विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द

नेपालखबर
असोज १९, २०७८ मंगलबार ४:५५, काठमाडौँ

सोमबार राति विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झन्डै ६ घण्टा बन्द भएका छन्। 

एएफपीका अनुसार झन्डै ६ घण्टा बन्दपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुनः सञ्चालन भएका छन्। तर सुधार प्रक्रिया अझै जारी छ। 

सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामले विश्वभर अचानक काम गर्न बन्द गरेका थिए। यो समस्या सोमबार राति सवा ९ बजे सुरु भएको थियो। 

यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे तुरुन्तै ट्विटरमा प्रतिक्रिया दिन थालेका थिए। बन्द भएपछि फेसबुकको सेयर ६ प्रतिशत घटेको बताइएको छ। 

आउटेज ट्रेकिङ कम्पनी Downdetector.com का अनुसार ८० हजार युजर्सले वाट्सएप र ५० हजारभन्दा बढी युजर्सले फेसबुकमा उजुरी गरेका छन्।  

सेवा ठप्प भएपछि फेसबुक र वाट्सएपले माफी माग्दै चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .