प्रविधि


१५ सय किलोमिटरभन्दा टाढा पुग्ने नयाँ मिसाइलको परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

१५ सय किलोमिटरभन्दा टाढा पुग्ने नयाँ मिसाइलको परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले आफूले नयाँ किसिमको क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको छ। 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार र आइतबार दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो।

जसले १५ सय किलोमिटरभन्दा बढी दूरीमा मार हान्न सक्ने दाबी गरिएको छ।

यसअघि उत्तर कोरियाले पछिल्लोपटक गत जनवरीमा क्रुज मिसाइलको परीक्षण थियो, जतिबेला अमेरिकामा जो बाइडेनले राष्ट्रपति पदको शपथ लिएका थिए।

उत्तर कोरियाले आफ्नो ब्यालेस्टिक मिसाइल र पमारणु कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ। 

मिसाइल परीक्षणको यो नयाँ घटना त्यस्तो बेला सार्वजनिक भएको हो, जतिबेला अमेरिका, जापान र दक्षिण कोरिया लामो समयदेखि उत्तर कोरियासँग जारी उतार–चढावपूर्ण कूटनीतिक सम्बन्धबारे टोक्योमा छलफल गर्न लाग्दै छन्।  

भदौ २८, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .