ad ad

प्रविधि


तथ्य बंग्याइएका पोस्टलाई रिपोर्ट गर्ने सुविधा ल्याउँदै ट्विटर

तथ्य बंग्याइएका पोस्टलाई रिपोर्ट गर्ने सुविधा ल्याउँदै ट्विटर

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १३:३९, काठमाडौँ

सामाजिक सञ्जाल कम्पनी ट्विटरले अब तथ्य बंग्याउने किसिमका पोस्टहरुलाई रिपोर्ट गर्न पाउने सुविधा ल्याउने भएको छ । 

बीबीसीका अनुसार धेरैजसो ठूला सामाजिक सञ्जालले महामारीका समयमा गलत र तथ्य बंग्याइएका सूचना प्रवाहित गरिरहेको आरोप लागिरहेका बेला ट्विटरले रिपोर्ट बटन थप्न लागेको हो ।

त्यस्ता पोस्ट रिपोर्ट गर्न अहिलेसम्म कुनै सुविधा ट्विटरमा छैन । कम्पनीले नयाँ फिचर परीक्षणका रुपमा ल्याउन लागेको जनाएको छ । 

यो सुविधा सुरुमा केही देशमा मात्रै दिइनेछ । ट्विटरका अनुसार अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकाका ‘केही मानिस’ले ‘इट्स मिस्लिडिङ’ अप्सन देख्न पाउनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .