ad ad

कोशी


अमलेखगञ्जबाट ल्याउँदै गरेको १६ हजार लिटर डिजेल बाटैमा चोरी

अमलेखगञ्जबाट ल्याउँदै गरेको १६ हजार लिटर डिजेल बाटैमा चोरी

नेपालखबर
माघ १७, २०७९ मंगलबार १८:२०, विराटनगर

अमलेखगञ्जबाट विराटनगर इन्धन लिएर आउँदै गरेको ट्यांकरबाट १६ हजार लिटर डिजेल चोरी भएको छ। 

को १ ख ३६५५ नम्बरको ट्यांकरबाट सो इन्घन चोरी भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ।

कार्यालय प्रमुख अशोक साहका अनुसार उक्त ट्यांकर सप्तरीको विक्की ट्रेडर्स भन्दा दुईसय मिटर पर वेवारिसे अवस्थामा फेला परेको थियो। सो जानकारी पाएपछि प्रहरीले रित्तो ट्यांकर फेला परेको छ। 

छानबिनका क्रममा उक्त ट्यांकरले नेपाल आयल निगमका आधिकारिक बिक्रेता दिलिप ट्रेडर्स र भण्डारा स्टोर्सलाई डिजेल बिक्री गरेको खुलासा भएको छ। 

निगमको आधिकारिक बिक्रेताले यसरी अनाधिकृत रुपमा चोरीको तेल खरिद गर्नु कानूनविपरीत हुन्छ।

प्रहरीले आयल निगमसँगको समन्वयमा खरिद गर्ने पेट्रोल पम्पका दुवै सञ्चालकहरु तथा ट्यांकर चालकलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक शेखर गुप्ता र श्यामकुमार साह रहेका छन् भने ट्यांकर चालक सप्तरीको कन्चनरुप नगरपालिकाका नवराज भुजेल र विराटनगर ४ का अनिल कुमार चौधरी रहेका छन्।

उक्त ट्यांकर ढुवानी व्यवसायी गुणराज निरौलाको रहेको बताइएको छ। निरौला पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ प्रदेश १ का पूर्व अध्यक्ष हुन्।

‘ट्यांकर धनीले ड्राइभरलाई जागिरबाट निकालेको रहेछ। उसको ठाउँमा अर्को ड्राइभर राखेको थाहा पाएपछि रिसाएका ड्राइभरले बिचैमा तेल बेचेको भन्ने कुरा आएको छ, हामी अनुसन्धानकै क्रममा छौं,’ साहले भने।

उनले चोरीको तेल खरिद गर्ने दुवै पेट्रोल पम्महरु र ट्यांकरलाई नियमावली अनुसार कारबाही गर्न केन्द्रमा आजै लेखि पठाएको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .