ad ad

कोशी


बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान

बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान

नेपालखबर
साउन १०, २०८१ बिहिबार १०:३५, धरान (सुनसरी)

धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको छ। कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको हो। 

धरान उपमहानगरपालिका–१९ बाट सुरु अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ। 

साथै यस अवसरमा कांग्रेसले सडक सरसफाइ र डेङ्गीका लार्भा नष्ट तथा डेङ्गीसम्बन्धी सचेतना पर्चा तथा डेङ्गीका बिरामीलाई औषधि वितरण पनि गरेको छ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटनमा यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए।

गत वर्ष पनि अभियान सञ्चालन भएको थियो। अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ।   

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एन्ड क्लिन धरान’ अभियान सञ्चलान गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .