कर्णाली राजमार्गमा मिनीबस दुर्घटनामा परेको छ। सुर्खेतबाट कालिकोट जिल्लाका लागि छुटेको गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि कम्तिमा सात जना घाइते भएका छन्।
घाइते मध्ये दुई जना यात्रुको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था समान्य रहेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।
माघ १७, २०७९, मंगलबार
54
Shares
प्रतिक्रिया