राजनीति


कांग्रेस एकजुट नभएसम्म पार्टीका कार्यक्रममा सहभागी नहुने सुदूरपश्चिम महामन्त्री शाहको घोषणा

कांग्रेस एकजुट नभएसम्म पार्टीका कार्यक्रममा सहभागी नहुने सुदूरपश्चिम महामन्त्री शाहको घोषणा

कांग्रेसका सुदूरपश्चिम महामन्त्री नरनारायण शाह


नेपालखबर
चैत १८, २०८२ बुधबार १०:५८, काठमाडौँ

नेपाली कांग्रेसमा आन्तिरिक किचलो बढेपछि सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले पार्टीका औपचारिक तथा अनौपचारिक कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।

बुधबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले कांग्रेस एकजुट नहुँदासम्म पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने जानकारी गराएका हुन्। 

‘यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली कांग्रेस एकजुटताका साथ एकमुस्ट भएर नउभिँदासम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयम्‌ले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु’, उनले लेखेका छन्।

महामन्त्री शाहले आगामी दिनहरूमा आफू सम्भवतः दलगत राजनीतिभन्दा टाढा नै रहने पनि संकेत गरेका छन्।

‘यदि दुर्भाग्यवश पार्टी यसैबीच विभाजनतर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवादप्रति आस्थावान् एवं चारतारे झण्डामुनि अन्धविश्वासी भइ लागेका साथीहरूको संगठनप्रतिको निष्ठा मर्म एवं भावनामाथि निर्मम तरिकाले ठुलो आघात पुग्ने निश्चित छ’, उनले लेखेका छन्।

कांग्रेस कैलालीको दुई कार्यकाल सभापतिको भएका शाह फागुन २१ को निर्वाचनमा कैलाली ५ मा उम्मेदवार बनेका थिए। रास्वपा आनन्द चन्दसँग पराजित शाहको आन्तरिक विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा दुवैसँग समदूरीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad