नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटी सदस्य विक्रम ऐर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सोमबार अजयमेरु गाउँपालिकाको चमडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ऐरको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश गरेका हुन्। नैनसिंह महरलाई सघाउन कांग्रेसमा प्रवेश गरेको ऐरले बताए।
महरले उनीहरूलाई कांग्रेसमा स्वागत गरेका छन्। प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसको तर्फबाट डडेल्धुरामा महर उम्मेदवार छन्।
180
Shares

प्रतिक्रिया