राजनीति


गभर्नर नियुक्ति नगरेर सरकार अनेक चलखेलमा लागेको छ: प्रचण्ड

गभर्नर नियुक्ति नगरेर सरकार अनेक चलखेलमा लागेको छ: प्रचण्ड

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १४:१७, कन्चनपुर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार भ्रष्टाचारीलाई संरक्षण र राम्रा मान्छेलाई दण्डित गर्ने काममा लागेको आरोप लगाएका छन्। उनले आफू नेतृत्वको सरकारले जनतामा आशा पलाउने काम गरेको तर जनताको आशाका विरुद्ध षड्यन्त्रका रुपमा अहिले गठबन्धन सरकार बनेको बताए। 

गठबन्धन सरकारले भ्रष्टाचार संरक्षण गर्ने थुप्रै कामहरु गरिरहेका आरोप लगाए। 

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुने पद हो। तर अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालमा चलखेल र प्रपञ्च भइरहेका छन्,’ बैतडीको पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित पार्टीको जागरण अभियानलाई उद्घाटन गर्दै उनले भने, ‘त्यसकारण सरकार गलत दिशातिर गएको छ। राष्ट्र र जनताको हितविपरीत गएको छ।’

अभियानमार्फत सरकारलाई चुनौती दिँदै खबरदारी गरिरहेको दाहालको भनाइ छ। सरकारले जनताको मतलाई वेवास्ता गरेर भ्रष्टाचारलाई प्रसय दिने काम गरे माओवादी शक्तिशाली आन्दोलनमा आउले उल्लेख गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad