ad ad

राजनीति


कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयनको तयारी चलिरहँदा एमाले पार्टी कार्यालयमा तालाबन्दी

कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयनको तयारी चलिरहँदा एमाले पार्टी कार्यालयमा तालाबन्दी

एमाले कञ्चनपुर पार्टी कार्यालयमा तालाबन्दी गर्दै नेता कर्णबहादुर चन्द


गोकुल जोशी
चैत ५, २०८० सोमबार ९:५५, कञ्चनपुर

नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद भएपछि एक पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

पार्टी नेतृत्वले अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो। 

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

सर्वसम्मत कमिटी घोषणा गर्न पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराइएको थियो। 

अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने खाका तयार भएको थियो। त्यही खाकाअनुसार पदाधिकारी घोषणा गर्ने तयारी भइरहँदा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो। 

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। त्यसपछि कार्यबाहक अध्यक्ष बुढा नेतृत्वमा रहनेसहितका पदाधिकारीको खाका तयार पारिएको थियो। 

प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको चन्दले बताए। 

अघिल्लो कार्यकाल उपसचिवमा सर्वाधिक मत ल्याएर चन्द निर्वाचित भएका थिए। यसपटक सहमतिको लागि तयार पदाधिकारीको खाका उनको नाम छैन।

चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग उनी पक्षको छ। अघिल्लो अधिवेशनमा जिल्ला कमिटी सदस्यमा हारेका जनक अवस्थीलाई उपाध्यक्षमा ल्याउने तयारी भइरहँदा विवाद भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .