ad ad

राजनीति


अन्तत: नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, बिहीबार शपथ

एक मन्त्री, एक राज्यमन्त्री र दुई समिति सभापति लिने
अन्तत: नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, बिहीबार शपथ

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार १२:३२, कञ्चनपुर

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अन्तत: सुदूरपश्चिम सरकारमा जान तयार भएको छ।

संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिचम सरकारमा जान तयार भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा संरक्षक रेशम चौधरीसहितको बैठकबाट यस्तो सहमति जुटेको हो। 

नाउपाकी अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले बालुवाटार बैठकमा सहमति भएको बताउँदै आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइन्। 

उनका अनुसार सुदूरपश्चिम सरकारमा नाउपाले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। चौधरीका अनुसार गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदीय समितिका २ जना सभापति पनि दिन तयार भएका छन्। 

यसअघि साउन ८ गते नै नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार थियो। तर एउटा मात्रै मन्त्रालय दिने भनेपछि अन्तिम समयमा सरकारमा जाने निर्णयबाट पछि हट्यो। 

त्यसबेला रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए। 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाउने निर्णय नाउपाले गरेको थियो। 

गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो। तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन। सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .