सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ खाएका छन्।
मंगलबार बिहान सभामुख चयनपछि दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ खुवाएका हुन्।
माओवादी केन्द्रका नेता भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा बहुमत जुटाएर सभामुखमा बनेका हुन्।
उनका पक्षमा माओवादी केन्द्रसहित सत्तारुढ दल एमाले, नागरिक उन्मुक्ति र राप्रपाले मतदान गरेको थियो। मतदानमा सहभागी ५२ जनामध्ये सत्तारुढ २९ सांसदले उनका पक्षमा मत खसालेका थिए।
यसअघि पुस २८ र ३० गतेको मतदानमा भण्डारीले सभामुख पदका लागि बहुमत पाएका थिएनन्। आज नै प्रदेशसभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ।
63
Shares

प्रतिक्रिया