पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा स्पेनका विङगर पाब्लो साराबियाका लागि वोल्भरह्याम्प्टन वान्डर्स ४४ लाख पाउन्ड खर्चन तयार भएको छ।
३० वर्षिय पाब्लोले मंगलबार वुल्भ्समा मेडिकलपछि उनले आगामी साढे २ वर्षका लागि सम्झौतामा हस्ताक्षर गर्नेछन्।
सन् २०१९ मा सेभिल्लाबाट पीएसजीमा पुगेका उनले ३५ लिग वान खेलमा ११ गोल गरेका छन्।
सन् २०२१–२२ को सिजन स्पोर्टिङ लिस्बनमा लोनमा बिताएका पाब्लोले विश्वकपमा एक खेल मात्र खेलेका थिए।
सन् २०१९ मा अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका उनले २६ खेलमा ९ गोल गरेका छन्।
24
Shares
प्रतिक्रिया