सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिहीबार उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन्। एमालेकी सन्तोषी कुमारी शर्मा थापा र माओवादीका तर्फबाट खगराज भट्टले मन्त्रीको सपथ लिएका हुन्।
उनीहरुको मन्त्रालय अझै टुंगो लागेको छैन। एमालेकी थापा कैलालीबाट समानुपातिकमा प्रदेश सांसद चुनिएकी हुन्।
माओवादीका भट्ट डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी मुख्यमन्त्रीका आकांक्षी थिए। उनलाई मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनले मुख्यमन्त्री बनाउने गरी प्रदेशमा उठाएको थियो।
सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति भएपछि उनी मुख्यमन्त्री बन्न पाएनन्। उनी एमाले नेतृत्वको सरकारमा मन्त्री बनेका छन्।
Shares

प्रतिक्रिया