समाज


रामको जन्मभूमि विवाद : सीता गुफा नजिकैको सीमा स्तम्भ उखेलियाे

रामको जन्मभूमि विवाद : सीता गुफा नजिकैको सीमा स्तम्भ उखेलियाे

नेपालखबर
साउन ४, २०७७ आइतबार २:१२,

पर्साको ठोरीस्थित सीता गुफानजिकै रहेको नेपाल-भारत सीमास्तभ उखेलेर फालेको अवस्थामा फेला परेको छ।

ठोरी गाउँपालिका-२ स्थित सीता गुफानजिकै रहेको ४३५ नम्बरको सीमा स्तभ शनिबार दिउँसो उखेलेर फालेको अवस्थामा फेला परेका स्थानीयले बताएका छन्। सीमा स्तम्भ भारतीयले उखेलेर फालेको आरोप स्थानीयबासीले लगाएका छन्।

एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा पर्ने बताएपछि सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो। प्रधानमन्त्री ओलीको भनाईको भारतीयले तीब्र विरोध गर्दै आएका छन्।

स्तम्भ उखेलेर फालेको विरोधमा स्थानीयले शनिबार दिउँसो सीमा क्षेत्रमा पुगेर प्रदर्शनसमेत गरेका छन्। दिउँसो १२ बजेसम्म ठिक अवस्थामा देखिएको सीमा स्तम्भ दिउँसो ४ बजेपछि उखेलेर फालिएको अवस्थामा भेटिएका ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए।

शनिबार बिहान स्थानीयले सीता गुफा क्षेत्रमा कलशयात्रा, भजनकीर्तनसहित पूजाआजा गरेका थिए। अध्यक्ष श्रेष्ठका अनुसार सीमा स्तम्भ उखेलेको ठाउँभन्दा पाँच मिटर पर फेला परेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने सीमास्तभ उखेलेको नभएर ढलेको हुन सक्ने दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad