समाज


जर्मनीपछि फ्रान्स र स्वीडेनको ल्याबले पनि भन्योः नभाल्नीलाई विष खुवाइएको थियो

जर्मनीपछि फ्रान्स र स्वीडेनको ल्याबले पनि भन्योः नभाल्नीलाई विष खुवाइएको थियो

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:४६,

गत महिना रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नी विमानमा यात्रा गरिरहँदा एक्कासी बिरामी परेका थिए।

आपतकालिन अवरण गर्दै उनलाई अस्पताल भर्ना गरिएको थियो। नभाल्नीलाई विष खुवाइएको उनका समर्थकले आशंका गरेका थिए।

तर रुसको अस्पतालले नभाल्नीको शरीरमा विषको मात्रा नदेखिएको बताएको थियो। यद्यपी अगष्ट २० मा जर्मनी उपचारका लागि पुर्याइएपछि भने त्यहाँको अस्पतालले नभाल्नीलाई विष खुवाइएको बतायो।

जर्मन सरकारले पनि नभाल्नीलाई विष खुवाइएको पुष्टि गरेको थियो। हाल फ्रान्स र स्वीडेनका ल्याबले पनि अनुसन्धानपछि नभाल्नीमा विष खुवाइएको बताएको छ।

जर्मनीले फ्रान्स र स्वीडेनलाई नभाल्नीमा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको थियो। उक्त अनुसन्धानमा नभाल्नीको शरीरमा सोभियतकालिन विष नर्भ एजेन्ट फेला परेको बताइएको छ।

नभाल्नीका समर्थकले पुटिनकै आदेशमा विष खुवाइएको अरोप लगाएका छन्। यद्यपी रुस सरकारले उक्त आरोप हाँस्यास्पद भएको बताएको छ। फक्स न्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .