राजनीति


केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको औचित्य छैनः झलनाथ खनाल

केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको औचित्य छैनः झलनाथ खनाल

नेपालखबर
जेठ १०, २०७८ सोमबार १३:२५,

नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओलीले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।

आज बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए।

‘केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको ओचित्य छैन,’ खनालले भने।

एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो। तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खनाल–नेपाल सहितका २६ सांसदले हस्ताक्षर गरेका थिए। यस्तै आज सोमबार पनि सर्वाेच्च अदालतमा २३ जना उपस्थित भएर हस्ताक्षर बुझाएका थिए।

‘यो प्रारम्भीक प्रतिक्रिया हो। थप कुरा साथीहरूसँग सल्लाह गरेर भन्छु,’ खनालले भने।

यो पनिः
ओलीले गरे माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई एमालेबाट निस्काशित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad