नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता मणि थापाले नेपालखबरलाई जानकारी दिए।
सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद छन्। जसमध्ये एमालेका मात्र २५ सांसद छन्। यस्तै माओवादी केन्द्रका १४ र नेपाली कांग्रेसका १२ सांसद छन्। जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
नेकपा एमालेको माधव–झलनाथ पक्ष प्रदेश सभामा बलियो छ। अध्यक्ष ओलीको पक्षमा ६ सांसद छन् भने माधव–झलनाथको पक्षमा १९ जना सांसद देखिएका छन्।

प्रतिक्रिया