राजनीति


ओलीसँगको मेरियट बैठकपछि नेपालले भने– कुनै प्रगति छैन

ओलीसँगको मेरियट बैठकपछि नेपालले भने– कुनै प्रगति छैन

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ११:०,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भएको वार्तामा कुनै प्रगति नभएको बताएका छन्।

मेरियट होटलमा बिहीबार भएको बैठकपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने भोलि पनि वार्ता हुने संभावना बताएका छन्।

वार्तास्थल मेरियट होटलमा रहेका दुगडले दुवै नेताको एउटै भावना रहेको दुवै जना नेतामा कुनै हालतमा पार्टी विभाजन हुन नहुने धारणा रहेको बताए।

दुई नेताबीचको छलफलपछि नेता नेपालसँग उनले सोहि होटलमा अनौपचारिक छलफल गरेका थिए।

‘हाम्रो कुरा सकारात्मक रुपमा चलिरहेको छ र वार्ता भोलि पनि हुन सक्छ,’ उनले नेता नेपालको भनाइ उद्धृत गर्दै भने।

उनले वार्ता टुंगो नलागेसम्म कुराकानी निरन्तर जारी नरहने बताए।

यो पनिः 

ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .