राजनीति


माधव नेपालसहित चार सांसदको रिट सर्वोच्चमा दर्ता, आइतबार पेसी (रिटसहित)

माधव नेपालसहित चार सांसदको रिट सर्वोच्चमा दर्ता, आइतबार पेसी (रिटसहित)

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १०:५२,

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप कारवाही गर्न लागेको भन्दै चार सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

पूर्वपार्टी प्रमुख तथा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट बिहीबार सर्वोच्चमा रिट दर्ता भएको हो।

यसअघि वुधबार सर्वोच्चले अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै निवेदन दर्ता नगरी फर्काइदिएको थियो। तर बिहीबार पुनः बोलाएर दर्ता गरिदिएको कानुन व्यवसायीले बताएका छन्। मुद्दाको पेसी आइतबारलाई तोकिएको छ।

गत चैत ८ गते यी शीर्ष चार नेतालाई स्पष्टिकरण सोधेर पछि पार्टीबाट निलम्बन गरेका थिए।

फेरि वैशाख ६ गते उनीहरुसहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो। यसअघि स्पष्टीकरण बुझाए पनि त्यसमाथि छलफल नै नगरी निलम्बन गरेर सांसदबाटसमेत हटाउन लागिएको भन्दै उनीहरु त्यसलाई रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन्।

तर आफूहरुको जवाफको कुनै वास्ता नगरी त्यसको मूल्याङ्कन र त्यसबारे कुनै कमिटीमा छलफल एवम् आफूहरुसँग राय परामर्श समेत नगरी ६ महिनाका लागि निलम्वन गरिएको निवेदनमा उल्लेख छ।
नेपाल र रावललाई चैत १६ गते तथा पाण्डे र भुसाललाई चैत १९ गते पार्टीको साधारण सदस्यबाट ६ महिनाको लागि निलम्वन गरिएको थियो।

बैशाख ६ गते २७ सांसदलाई सोधिएको स्पष्टिकरणमा भने दल त्याग गरेको झूठा अभियोगमा निष्कासन गर्ने प्रक्रिया आरम्भ भएको भन्दै त्यसलाई रोक्न सर्वोच्चसँग माग गरिएको छ।
लगायतका कानुन व्यवसायी वारेसनामामार्फत रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेका थिए।

रिटमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ।

रिटमाथी सर्वोच्चले आइतबारलाई पेशी तोकेको कानुन व्यवसायीले जानकारी दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad