नेकपा एमालेका नेता विष्णु रिजालले प्रतिनिधि सभाले कुनै काम अघि बढाउन नसक्ने हो भने चालु अधिवेशन तत्काल स्थगन गर्नु उचित हुने बताएका छन्।
बरु सरकार सरकार नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनु राम्रो हुने उनको सुझाव छ।
‘यदि प्रतिनिधि सभाले कुनै विधेयक वा अरू काम अघि बढाउन सक्ने होइन भने चालु अधिवेशन तत्काल अन्त्य गरी सरकार नीति–कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनु राम्रो हुन्छ,’ सोमबार बिहान नेता रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘किनकि वैशाखभित्रै बर्खे अधिवेशन बस्नैपर्छ।’

प्रतिक्रिया