ad ad

राजनीति


ट्रम्प र बाइडेनलाई सीको चेतावनीः चुनावी नाटकबाट चीनलाई बाहिर राख

ट्रम्प र बाइडेनलाई सीको चेतावनीः चुनावी नाटकबाट चीनलाई बाहिर राख

नेपालखबर
असोज १३, २०७७ मंगलबार १२:१६,

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लड्दैछन्।

ट्रम्पलाई डेमोक्रेटिक पार्टीका नेता तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा चुनौती दिँदैछन्।

हाल ट्रम्प र बाइडेन दुवै चुनावी प्रचार प्रसारमा लागि परेका छन्। उनीहरु एक अर्काविरुद्ध आरोप र प्रत्यारोपमा पनि होमिएका छन्।

उनीहरु दुवैले चीनको विषयलाई एजेन्डा बनाएर भोटपनि मागिरहेका छन्। ट्रम्प चुनाव आउनै लाग्दा चीनविरुद्ध आक्रमक बन्दै गएको देखिएको छ भने बाइडेनले ट्रम्प सरकार चीनको अगाडि कमजोर भएको र आफ्नो सरकार आए अमेरिका थप मजबुत हुने बताइरहेका छन्।

चीनको विषयलाई लिएर अमेरिकी चुनावी गतिविधि बढ्दै गइरहेको समयमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ट्रम्प र बाइडेन दुवैलाई चुनावी अभियानमा चीनलाई बाहिरै राख्न चेतावनी दिएका छन्।

सीले भनेका छन्,‘चुनावी नाटकबाट चीनलाई बाहिरै राख।’

‘अमेरिकी निर्वाचनमा चीनलाई खतरा मानेर अमेरिकी फाइदाहरुको सुरक्षा गर्नु अपेक्षित योजना हो’ सीले पिपुल्स डेलीसँग भनेका छन्,‘शीतयुद्ध अन्त्य भएपछि नै यो कार्य सुरु भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .