ad ad

समाज


जनजाति प्रतिष्ठानद्वारा दैलेखका राउटे समुदायलाई राहत वितरण

जनजाति प्रतिष्ठानद्वारा दैलेखका राउटे समुदायलाई राहत वितरण

नेपालखबर
असोज १८, २०८० बिहिबार १५:३५, काठमाडौँ

चाडपर्व नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाध्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेका हुन्।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवश राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुनलगायतको उपस्थिति रहेको थियो।

राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लोपोउन्मुख राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी प्राप्त भएपश्चात् उनीहरूको दैनिक जीवनयापनमा सहज होस भन्नका लागि राहत वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .