राजनीति


सीके राउतले मुख्यमन्त्री बनाए, अहिले उनै सतीश दिँदैछन् चुनौती

सीके राउतले मुख्यमन्त्री बनाए, अहिले उनै सतीश दिँदैछन् चुनौती

नेपालखबर
माघ ७, २०८२ बुधबार १३:५५, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले यसपटकको निर्वाचनमा पनि पुरानै क्षेत्र रोजेका छन्। 

मंगलबार उनले सप्तरी क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। राउत ०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। 

त्यतिबेला जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरसहित पराजित गरेका राउतलाई यसपटक भने निर्वाचन जित्न त्यति सहज नहुने अनुमान स्थानीयले गरेका छन्।  

सप्तरी २ मा यसपटक राउतलाई चुनौति दिन स्वाभिमान पार्टीले सतिश सिंहलाई खडा गरेको छ। सिंह तिनै नेता हुन्, जो केही महिनाअघिसम्म जनमतमै थिए। 

अघिल्लो निर्वाचनमा जनमतबाटै चुनाव जितेर मधेसको मुख्यमन्त्रीसमेत बनेका सिंहले अहिले सीकेको साथ मात्रै छाडेका छैनन्, जनमत पार्टी नै त्यागिदिएका छन्। 

२०७९ सालको निर्वाचनमा राउतले सप्तरी २ मा १८ हजारभन्दा धेरै मतान्तलेर उपेन्द्र यादवलाई पराजित गरेका थिए। 

राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याएका थिए।  यसपटको निर्वाचनमा भने यादवले सप्तरी ३ बाट उम्मेदवारी दिएका छन्।

त्यतिबेला पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले सप्तरी २ बाट ७ हजार ३४७ मत ल्याएका थिए। 

यसपटक सप्तरीमा कांग्रेसले रामकुमार यादवलाई उम्मेदवार बनाएको छ भने नेकपाबाट सूर्यप्रसाद यादव उम्मेदवार बनेका छन्। 

त्यसैगरि जसपाका महेश यादव, रास्वपाका रामजी यादव र राप्रपाका अजयकुमार दास उम्मेदवार बनेका छन्। महेश यादव केही दिनअघि मात्रै प्रचण्ड नेतृत्वको नेकपा त्यागेर जसपा प्रवेश गरेका नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad