राजनीति


मलेसियाबाट स्वदेश फर्किएको ८ दिनमै मधेसका मुख्यमन्त्री सिंह गए स्विट्जरल्यान्ड

मलेसियाबाट स्वदेश फर्किएको ८ दिनमै मधेसका मुख्यमन्त्री सिंह गए स्विट्जरल्यान्ड

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८२ आइतबार ५:३२, काठमाडौँ

मलेसियाबाट स्वदेश फर्किएको ८ दिनमैमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड भ्रमणमा गएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी दिएर उनी फेरि विदेश भ्रमणमा गएका हुन्।

मुख्यमन्त्री सिंहले आफू विदेश भ्रमणमा जाने भएपछि केहीदिनअघि नै यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए। मुख्यमन्त्री सिंह शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एक कार्यक्रममा मुख्यमन्त्री सिंह सहभागी हुनेछन्।

भ्रमणका क्रममा संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने कार्यक्रममा मन्त्री सिंह सहभागी हुने उनको सचिवालयले जनाएको छ। 

सिंह भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। मुख्यमन्त्री सिंह यसअधि पनि यहि भदौ ६ गते मलेसिया गएका थिए। 

क्वालालम्पुरमा ४ दिने बसाइको क्रममा उनले मलेसियाका लागि नेपाली राजदुत र आप्रवासी श्रमिकहरूसँग भेटघाट गरेका थिए।

मुख्यमन्त्री सतिशकुमार सिंह स्वेद फर्किएको ८ दिनमै अर्काे विदेश भ्रमणमा गएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad