सर्लाहीको बागमतीमा नेकपा एमालेले नयाँ नेतृत्व चयन गरेको छ।
मंगलबार सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनले टंकबहादुर बस्नेतको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो। बस्नेत यसअघि पनि एमाले बागमती नगर कमिटीको अध्यक्ष थिए।
उनी गएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट बागमतीको मेयरमा उम्मेदवार बनेर माओवादी केन्द्रका भरत थापासँग निकटतम प्रतिस्पर्धी बनेका थिए।
त्यसैगरि कमिटीमा जीवछ महतो उपाध्यक्ष, कुलबहादुर ब्लोन सचिव, कमलबहादुर खपाङ्गी र सर्मिला काफ्ले उपसचिवमा चयन भएका छन्। ५ पदाधिकारीसहित ५७ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन भएको हो।
नगर अधिवेशनको संघीय सांसदसमेत रहेका पार्टीका जिल्ला इन्चार्ज तथा पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए।
9
Shares

प्रतिक्रिया