ad ad

राजनीति


अल्पमतमा परेका मधेसका मुख्यमन्त्रीले बोलाए जसपा संसदीय दलको बैठक

अल्पमतमा परेका मधेसका मुख्यमन्त्रीले बोलाए जसपा संसदीय दलको बैठक

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:४२, जनकपुरधाम

जनता समाजवादी पार्टी, नेपाल (जसपा) काे मधेस प्रदेश संसदीय दलको बैठक जनकपुरमा सुरु भएको छ। 

अल्पमतमा परेका मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ रणनीतिको विषयमा छलफल गर्न प्रदेश संसदीय दलको बैठक बोलाएका हुन्। 

जनकपुरस्थित प्रदेश संसदीय दलको कार्यालयमा केहीबेरअघिबाट बैठक सुरु भएको सांसद ललिता तत्माले जानकारी दिइन्। 

यसअघिकाे सत्ताघटक एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन्। 

मधेस प्रदेशसभामा जसपाका १९ जना सांसद छन्। सबै सांसदलाई आफ्नो पक्षमा राख्न यतिबेला मुख्यमन्त्री यादव सक्रिय छन्। 

मधेसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन सरकार बनाउने विषयमा छलफल अघि बढाएका छन्। 

उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका जसपा अध्यक्ष उपेन्द्र यादवले भने मधेशमा जसपा नेतृत्वकै सरकार कायम राख्न दौडधुप बढाएका छन्। उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर मधेसमा सहकार्य गर्न आह्वानसमेत गरिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .