ad ad

राजनीति


मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, किन लिनुपर्‍यो फेरि?

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, किन लिनुपर्‍यो फेरि?

नेपालखबर
फागुन ६, २०८० आइतबार १०:१, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन्।

आइतबार दिउँसो २ बजे बस्ने मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका उनको सचिवालयले जनाएको छ

जनमत पार्टीले समर्थन फिर्ता लिएको एक महिनापछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्। गएको माघ ९ गते जनमतले मधेस सरकालाई दिएको समर्थन फिर्ता लिनुको साथै आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो। 


विश्वासको मत लिने प्रयोजनका लायि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। यादवले आज तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए। 

मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाइसकेका छन्।

कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गर्न तीस तीनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।

जसपा नता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेश सभा सदस्यको समर्थनमा यादव मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। 

हाल एमाले र जनमत पार्टी यादवको विपक्षमा रहे पनि कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन उनलाई छ। प्रदेशसभामा बहुमत सिद्ध गर्न यादवलाइ गाह्रो नरहेको जनसपाका नेताहरुले बताएका छन्।

हाल मधेस प्रदेशसभामा सत्ता गठबन्धन दलका ६५ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद मधेस प्रदेश सभामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .