राजनीति


सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन

सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १९:५, काठमाडौँ

लुम्बिनी प्रदेशसभाको छैटौंँ अधिवेशन आजबाट सुरू भएको छ। आजबाट सुरू भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनु भएको थियो । प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताए। 

उनले अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गरे। प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको उनले भने। 

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले यथार्थफरक बजेट ल्याउन सुझाव दिए। चालु वर्षमा घाटाको बजेट देखिएकाले वास्तविक अवस्था झल्किने बजेट ल्याउन उनले आग्रह गरे। माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राखे। 

प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिए। निर्वाचन क्षेत्रमा विनियोजत बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रम सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिए। 

प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रदेशसभाको आगामी बैठक भोलि जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक सम्पन्न भएको सभामुख घर्तीमगरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad