ad ad

राजनीति


राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनीमा आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनीमा आज उम्मेदवारी दर्ता हुँदै

नेपालखबर
माघ ११, २०७९ बुधबार ९:१, बुटवल

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ। माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका  खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि रिक्त पदमा उपनिर्वाचन हुने भएको हो। 

एमालेले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाइसकेको छ। पार्टीका केन्द्रीय सदस्य रोल्पाका  कुमार दसौदीले एमालेबाट मनोनयन दर्ता गर्ने छन्।  नेपाली कांग्रेसबाट अझै टुंगो लागेको छैन। 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जना मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र बाँकी स्थानीय अन्तर्गत २१८ मतदाता छन्। 

आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ, माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .