ओखलढुंगामा नेपाली कांग्रेसले झिनो मतको अग्रता लिएको छ।
सुरुमा नेकपा (एमाले) उम्मेदवार अस्मिता थापाले अग्रता लिए पनि उनलाई उछिनेका कांग्रेस उम्मेदवार कुमार लुईटेलले झिनो अग्रता कायम राखेका छन्। तर उनलाई रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले कडा टक्कर दिइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार लुईटेलसँग पोखरेलको मतान्तर ३१३ मा झरेको छ। यसअघि एक हजारसम्म पुगेको थियो।
लुईटेलले १० हजार ७३१ मत पाउँदा पोखरेलको १० हजार ४१८ मत छ। एमाले उम्मेदवार अस्मिता थापाको ८ हजार ४८० र नेकपाका अम्विरबाबु गुरुङको ८ हजार ३६५ मत छ।
यहाँ ५९ हजार मत खसेको थियो। अझै करिब २० हजार मत गणना गर्न बाँकी छ।
801
Shares

प्रतिक्रिया