प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका राजवंशी ४० हजार ८३३ मत लिएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्ध नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अमनलाल मोदीले १० हजार ७६२ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले)का जीवन घिमिरेले ६ हजार ९३३ मत पाएका छन्।
57
Shares

प्रतिक्रिया