नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट हुने फैसला समयमै हुनुपर्ने जिकिर गरेका छन्।
शनिबार झापामा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुक जटिल संवैधानिक प्रश्नमा जेलिएको वेला सर्वोच्च अदालतबाट समयमै फैसला आउनुपर्ने औंल्याए। संसद् विघटनविरुद्धको मुद्दा चुनावपछि पेशी तोकिएको प्रसंगमा ओलीले अर्थहीन र प्रयोजनहीन हुने टिप्पणी गरे।
उनले सैद्धान्तिक रूपमा भविष्यका लागि नजिर बसे पनि वर्तमान अवस्थामा न्यायको सान्दर्भिकता हराउन नहुने जिकिर गरे। न्यायलाई औषधीसँग तुलना गर्दै ओलीले भने, ‘म्याद गुज्रिएको औषधी जस्तै, समय घर्किएर दिइएको न्यायले कुनै परिणाम दिँदैन र यो व्यवहारमा काम लाग्दैन।’
देश अहिले असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै अदालतले मुलुकलाई सहज बाटोमा फर्काउनुपर्ने उनको भनाइ थियो। निर्वाचनको मुखमा आइपुग्दा अदालतको ढिलासुस्तीले ठोस नतिजा दिन नसक्ने उनको जिकिर थियो।
Shares

प्रतिक्रिया