राजनीति


मोरङमा २५ वर्षे युवादेखि ७५ कटेका अनुभवीको प्रतिस्पर्धा

मोरङमा २५ वर्षे युवादेखि ७५ कटेका अनुभवीको प्रतिस्पर्धा

सुमन सुस्केरा
माघ १२, २०८२ सोमबार १६:५, विराटनगर

आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा मोरङको चुनावी सरगर्मी बढ्दै गएको छ। भरखर कलेज सकेका युवादेखि ७५ कटेका अनुभवीको प्रतिस्पर्धाले चुनावी माहोल रोचक बनाएको छ। 

जिल्लाभर चुनावी प्रतिस्पर्धामा रहेका कुल ११८ उम्मेदवारमध्ये नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सबैभन्दा पाका हुन्। ७५ वर्षीय कोइराला मोरङ-६ बाट चुनावी प्रतिस्पर्धामा छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ७० वर्ष नाघेका उम्मेदवारको संख्या चार रहेको छ। कोइरालासँगै ७० वर्षमाथिका मोरङ-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर वाइबा तामाङ, मोरङ-२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चन्द्रवीर राई र मोरङ-५ बाट नेकपा (माओवादी)का गंगाप्रसाद गिरी उम्मेदवार छन्। 

मोरङमा २५ वर्षीय युवा पनि चुनावी प्रतिस्पर्धामा छन्। सबैभन्दा पाको उम्मेदवार रहेको क्षेत्र नम्बर ६ मा नै कान्छा उम्मेदवार पनि प्रतिस्पर्धा गर्दै छन्। मोरङ-६ बाट उज्यालो नेपाल पार्टी (उनेपा) का २५ वर्षीय वसन्त बुढाथोकी चुनावी मैदानमा छन्। 

त्यस्तै मोरङ-५ मा पनि युवाको उत्साहजनक सहभागिता छन्। नेपाल मजदूर किसान पार्टी (नेमकिपा) की गङ्गाकुमारी राजवंशी र स्वतन्त्र उम्मेदवार अमरकुमार यादव पनि २५ वर्षकै छन्। 

निर्वाचन आयोगको तथ्यांकअनुसार, मोरङमा ४० वर्ष मुनिका उम्मेदवार २४ जना छन्। त्यस्तै, सबैभन्दा धेरै ८३ जना उम्मेदवार ४० देखि ६० वर्ष उमेर समूहका छन्। ६० वर्षभन्दा माथिको उमेरका उम्मेदवारको संख्या १२ रहेको छ। राजनीतिक दलअनुसार, नेकपा (एमाले) बाट

सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा ६४ वर्षीय घनश्याम खतिवडा छन्। त्यस्तै, ४७ वर्षीय मनोजकुमार अग्रवाल एमालेबाट कान्छो उम्मेदवार रहेका छन्। 

कांग्रेसका ४८ वर्षीय सुनिल शर्मा पार्टीको सबैभन्दा कम उमेरका उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ४२ वर्षीय आशा र ३१ वर्षीय रूविना आचार्य चुनावी प्रतिस्पर्धामा छन्। नेकपाबाट ४० वर्षीय अमनलाल मोदी र राप्रपाबाट २७ वर्षीय सविन निरौलाले पनि आफ्नो दलबाट कम उमेरको उम्मेदवार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad