राजनीति


‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण’

‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण’

नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:५४, सुनसरी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। 

आज धरान उपमहानगरपालिका–१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताएका हुन्।  

'सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ', उनले भने। शिक्षा देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनले श्री शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पु-याएको योगदानको प्रसंशा गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad