ad ad

राजनीति


एमालेले कोशीमा अनैतिक चरित्र देखायो : राजेन्द्र राई

एमालेले कोशीमा अनैतिक चरित्र देखायो : राजेन्द्र राई

नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:५०, काठमाडौँ

कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टी दलका नेता राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन्।

उनले एमालेकै कारण कोशी प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए।

बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि धारणा राख्दै सांसद राईले संसदको मर्म र गरिमालाई एमालेले समाप्त पार्दै गएको बताए।

‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ?’ नेता राईले प्रश्न गर्दै भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने, तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पुर्‍याउन सकेन। जम्मा ३९ सांसद लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .