ad ad

राजनीति


कोशीका सभामुख गौतम काठमाडौंबाट विराटनगर फर्किए, राजीनामा दिन सक्ने

कोशीका सभामुख गौतम काठमाडौंबाट विराटनगर फर्किए, राजीनामा दिन सक्ने

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार १५:५२, काठमाडौँ

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतम मंगलबार अपरान्ह काठमाडौंबाट विराटनगर फर्किएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई बहुमत जुटाउन राजीनामा दिनुपर्ने शीर्ष नेताको दबाबबीच गौतम विराटनगर फर्किएका हुन्। 

काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडसहितका शीर्ष नेतासँग छलफल गरेका थिए।

छलफलका क्रममा उनले राजीनामा नदिने अडान राखेका थिए। गौतमले आफूलाई मुख्यमन्त्री बनाउने अवस्थामा मात्रै राजीनामा दिने अडान नेताहरुसँग राखेका थिए।

तर, प्रदेश प्रमुख परशुराम खापुङले दिएको सरकार बनाउने ५ दिनको समय मंगलबार साँझ ५ बजे सकिनुअघि नै गठबन्धनको पक्षमा बहुमत (४७) पुर्‍याउने गरी उनी विराटनगर फर्किएका हुन्।

स्रोतका अनुसार उनले विराटनगर पुगेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्। सभामुखबाट राजीनामा दिएपछि गौतमलाई मन्त्री बनाउने आश्वासन गठबन्धनका शीर्ष नेताहरुबाट आएको छ।

ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए। तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो। 

यसैबीच मंगलबार नै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनकै बहुमतको सरकार बन्ने बताएका छन्। 

गत असार २१ गते मुख्यमन्त्री भएर २२ दिनमै नियुक्ति रद्द भएका थापाले अब पनि कांग्रेसले मंगलबारै सरकारमा दाबी पेस गर्ने बताए। 

बिराटनगरमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता थापाले सभामुख गौतलाई राजीनामा गराएर सरकार गठनको लागि बहुमत पुर्‍याउने दाबी गरेका हुन्।  

उनले संवैधानिक व्यवस्थाअनुसार सरकारमा गठन हुने दाबी गर्दै त्यसका लागि सभामुख गौतमले राजीनामा दिनेबारे गठबन्धन दलहरूबीच सहमति भइसकेको पनि बताए। 

प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर गत साउन १२ गते संविधानको धारा ६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। जुन समय मंगलबार साँझ ५ बजे सकिँदैछ।

त्यसअघि नै सभामुख गौतमले राजीनामा दिएमा गठबन्धनको पक्षमा बहुमत पुग्ने छ। तर कोशीमा अहिले कांग्रेससँगै नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .