ad ad

राजनीति


कांग्रेस नेता थापाको दाबी : सभामुखले राजीनामा दिन्छन्, हामी बहुमतको सरकार बनाउँछौँ

कांग्रेस नेता थापाको दाबी : सभामुखले राजीनामा दिन्छन्, हामी बहुमतको सरकार बनाउँछौँ

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार १३:३१, बिराटनगर

कोशी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गठबन्धनकै बहुमतको सरकार बन्ने बताएका छन्। 

गत असार २१ गते मुख्यमन्त्री भएर २२ दिनमै नियुक्ति रद्द भएका थापाले अब पनि नेपाली कांग्रेसले मंगलबारै सरकारमा दाबी पेस गर्ने बताए। 

बिराटनगरमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता थापाले सभामुख गौतलाई राजीनामा गराएर सरकार गठनको लागि बहुमत पुर्‍याउने दाबी गरे।  

उनले संवैधानिक व्यवस्थाअनुसार सरकारमा गठन हुने दाबी गर्दै त्यसका लागि सभामुख गौतमले राजीनामा दिनेबारे गठबन्धन दलहरूबीच सहमति भइसकेको पनि बताए। 

सभामुख गौतमको हस्ताक्षरलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपछि थापाको नियुक्ति मुख्यमन्त्रीको कार्यालयमा फोटोसमेत राख्न नपाउने गरी रद्द भइसकेको छ।

त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर गत साउन १२ गते संविधानको धारा ६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। जुन समय मंगलबार साँझ ५ बजे सकिँदैछ।

त्यसअघि नै सभामुख गौतमको राजीनामा गराएर गठबन्धन बहुमत जुटाउने कोसिसमा छ। तर कोशीमा अहिले कांग्रेससँगै नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .